Logo

ग्लोबल क्वालिफायर : नेदरल्याण्ड्सको अपराजित यात्रा जारी,जर्सीको दोस्रो जित

ई-खेलकुद २०७६ कात्तिक ५ , मंगलबार ०७:१० मा प्रकाशित

एजेन्सी । नेदरल्याण्ड्सले युएईमा जारी टि–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा अपराजित यात्रा जारी राखेको छ । आज भएको खेलमा सिंगापुरलाई ५ विकेटले हराउदै डच टोलीले जितको श्रृखला जारी राखेको हो । सिंगापुरले दिएको १ सय २ रनको सामान्य चुनौती नेदरल्याण्ड्सले २१ बल अगावै ५ विकेट गुमाएर भेट्टायो । उसको जितमा म्याक्स ओडोएडले ३५ र कोलिन एकरमेनले ३४ रनको योगदान दिए । रोईलोफ भान डेर मर्वीले नटआउट १९ रन बनाए । सिंगापुरका अमजाद महबुव, सेल्लाडोर विजयकुमार, गोपिनाथ आर्चर, जनक प्रकाश र सिद्धान्त सिंहले समान एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङमा उत्रिएको सिंगापुर १८ दशमलव ५ ओभरमा १ सय १ रनमा समेटिएको थियो । उसको ईनिङसमा सुरेन्द्र चन्द्रमोहनले सर्बाधिक २८ रन बनाए । अरित्रा दत्तले २० र टिम डेभिडले १९ रन बनाए । नेदरल्याण्ड्सका टिम भान डेर गुग्टेन र रोईलोफ भान डेर मर्वीले समान ३ तथा ब्रन्डोन ग्लोभर र पभन मेकिरेनले समान २ विकेट लिए । जितसंगै नेदरल्याण्ड्स ६ अंकमा समुह एको शीर्ष स्थानमा उक्लिएको छ ।
समुह बी अन्तर्गतको खेलमा जर्सीले आयोजक युएईलाई ३५ रनले हरायो । १ सय ४८ रनको लक्ष्यसहित जवाफि ब्याटिङ गरेको युएई ४ बल अगावै १ सय १२ रनमा समेटियो । जारी प्रतियोगितामा जर्सीको यो दोस्रो जित हो । जितसंगै ३ खेलबाट ४ अंक जोडेको जर्सी समुह बीको दोस्रो स्थानमा उक्लिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?