Logo

ग्लोबल क्वालिफायर : नामिबियालाई हराउदै आयरल्याण्ड तेस्रो

ई-खेलकुद २०७६ कात्तिक १६ , शनिबार ०७:११ मा प्रकाशित

एजेन्सी । युएईमा जारी टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा आयरल्याण्ड तेस्रो भएको छ । नामिबियालाई २७ रनले हराउदै आयरल्याण्डले तेस्रो स्थान हात पारेको हो । दुबईमा १ सय ३६ रनले लक्ष्य पछ्याएको नामिबिया १० बल अगावै १ सय ८ रनमा समेटियो । कप्तान जेरार्ड ईरास्मसले ५१ र स्टेफान वार्डले १७ रन बनाएपनि टोलीको जितमा पर्याप्त भएन् । जेजे स्मिथले १० रन बनाएको ईनिङसमा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
उसलाई लक्ष्य अगावै रोक्न सिमी सिंहले ३ तथा मार्क एडर, गारेथ डिलेनी, वोईड रान्किनले समान २ विकेट लिए । सेन गेटकाटको नाममा एक विकेट रह्यो ।
यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्ड ५ बल अगावै १ सय ३५ रनमा समेटिएको थियो । उसको जितमा एण्डे वालवीर्नेले ४६, पउल स्र्टलिङले २५, केभिन ओब्रायन र मार्क एडरले समान १७ रन बनाए ।
नामिबियाका क्रिग विलियम्स र जेजे स्मिथले समान ३ तथा जिभागो ग्रोनिवाल्डले २ विकेट लिए । जितसंगै आयरल्याण्डले तेस्रो स्थानमा रहेर ग्लोबल छनोटको यात्रा टुङग्यायो भने नामिबिया चौथो स्थानमा रहयो । दुबै टोली यसअघि नै विश्वकपमा प्रबेश गरिसकेका छन् । ग्लोबल क्वालिफायरको उपाधिका लागि आजै पपुवा न्युगीनी पीएनजी र नेदरल्याण्ड्सबिच आजै राती प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?