Logo

ग्लोबल क्वालिफायर : क्यानडाको अपराजित यात्रा सकियो, हङकङ ३२ रनले विजयी

ई-खेलकुद २०७६ कात्तिक ७ , बिहीबार ०७:१० मा प्रकाशित

एजेन्सी । युएईमा जारी टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा क्यानडाको अपराजित यात्रा सकिएको छ । आज भएको खेलमा हङकङसंग ३२ रनले पराजित भएसंगै क्यानडाको ३ खेल लामो अपराजित यात्रामा पुर्णबिराम लागेको हो ।
१ सय ५१ रनको लक्ष्यसहित जवाफि ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन मात्र बनाउन सक्यो । रिजवान चीमाले सर्बाधिक २० रन बनाएको क्यानडाको ईनिङसमा हाम्जा तारिकले १७ रन बनाए । नितिश कुमारले १९ र रबिन्दरपाल सिंहले १३ रन बनाएपनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् । हङकङका नसरुल्ला रानाले ३, केले क्रिष्टिले २ तथा अजिज खान र हरुन अर्सदले समान एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङमा उत्रिएको हङकङले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ५० रनको मध्यम योगफल तयार पारेको थियो । उसको जितमा किञ्चीत शाहले अबिजित ५९ रनको योगदान गरे । वाकस बारकटले २७ र हरुन अर्सदले १७ रनको योगदान दिए ।
क्यानडाका जिरेमी गोर्डन, डिलोन हेलिगर, साद बिन जाफर, नितिश कुमार र निखील दत्तले समान एक विकेट लिए । हङकङका २ ब्याट्सम्यान रनआउट भएका थिए ।
यो जितसंगै हङकङको पनि समुह बीमा ४ अंक भएको छ । उ समुह बीको छैठौ स्थानमा रहेको छ । हारपछि क्यानडा दोस्रो स्थानमा झरेको छ । क्यानडालाई समान अंकभएपनि रनरेटमा ओमानले पछि पारेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?