Logo

ग्लोबल क्वालिफायर : ओमानको तेस्रो र नामिबियाको दोस्रो जित

ई-खेलकुद २०७६ कात्तिक ६ , बुधबार ०५:१० मा प्रकाशित

एजेन्सी । ओमानले युएईमा जारी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा तेस्रो जित हात पारेको छ । आज भएको खेलमा नाईजेरियालाई ७ विकेटको फराकिलो अन्तरले हराउदै ओमान समुह बीको शीर्ष स्थानमा उक्लिएको हो । नाईजेरियाले दिएको ७२ रनको झिनो चुनौती ओमानले ७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । ४ खेलबाट ६ अंकसहित ओमान समुहको शीर्ष स्थानमा उक्लिएको हो ।
उसको जितमा जितेन्दर सिंहले ४८ र खाबर अलीले १३ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको नाईजेरिया १ बल अगावै ७१ रनमा समेटिएको थियो । नाईजेरियाका लागि डानिएल एजेकुनले १६ र सुलाईमन रुन्सेवेले १४ रन बनाए । ओमानका अमिर कलिमले ४ तथा बिलाल खानले ३ विकेट लिए । खावर अलीको नाममा १ विकेट रह्यो ।
आजै भएको खेलमा नामिबियाले बर्मुडालाई ६ विकेटले स्तब्ध पार्यो । बर्मुडाले दिएको १ सय ७ रनको चुनौती ४१ वल अगावै ४ विकेट गुमाएर भेट्टायो । निकोलस डाभिनले ३७ र स्टेफन ब्राडले २७ रनको योगदान दिएको ईनिङसमा कप्तान जेरार्ड ईरस्मसले नटआउट १९ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको बर्मुडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ६ रनको सामान्य योगफल तयार पारेको थियो । यो जितसंगै नामिबिया समुह एको पाचौ स्थानमा उक्लिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?