Logo

ग्लोबल क्वालिफायर : आयरल्याण्डको लगातार तेस्रो जित, युएई र केन्या पनि विजयी

ई-खेलकुद २०७६ कात्तिक ४ , सोमबार ०७:१० मा प्रकाशित

एजेन्सी । युएईमा जारी टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आजका खेलमा युएई केन्या र आयरल्याण्ड विजयी भएका छन् । समुह एको खेलमा केन्याले बर्मुडालाई ४५ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको हो । सुरुवाती २ खेल गुमाएको केन्या यो जितसंगै समुह एको पाँचौ स्थानमा उक्लिएको छ ।

१ सय ३९ रनको लक्ष्य पछ्याएको बर्मुडा १८ दशमलव ५ ओभरमा ९३ रनमा समेटियो । प्रतियोगितामा कमजोर प्रर्दशन गर्दै आएको बर्मुडाको यो लगातार तेस्रो हार हो ।
समुह बी अन्तर्गतको खेलमा युएईले हङकङलाई ८ विकेटले हरायो । १ सय १७ रनको चुनौती युएईले २९ बल अगावै २ विकेट गुमाएर भेट्टायो । उसको जितमा रामेज शाहाजादले ५४, चिराग सुरीले अबिजित ४४ र रोहन मुस्तफाले १० रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको हङकङले निजाकात खानको ३१ र किञ्चीत शाहको ३० रन मद्दतमा ७ विकेट गुमाएर १ सय १६ रनको सामान्य योगफल तयार पारेको थियो । दोस्रो जितसंगै युएई समुह बीको दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो हार भोगेको हङकङ छैठौ स्थानमा छ ।
आजै भएको अर्को खेलमा आयरल्याण्डले ओमानलाई ३५ रनले स्तब्ध पार्यो । लगातार तेस्रो जित निकाल्दै आयरल्याण्ड ६ अंकमा समुह बीको शीर्ष स्थानमा कायम छ । आयरल्याण्डले दिएको १ सय ८४ रनको लक्ष्यसहित जवाफि ब्याटिङमा उत्रिएको ओमानले ९ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो । खावर अलीले ५० र सुरज कुमारले १६ रन बनाएपनि टोलीको जितमा पर्याप्त बन्न सकेन् ।
यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले गारेथ डिनेलीको अविजित ८९ रन मद्दतमा ३ विकेट गुमाएर १ सय ८३ रनको उच्च योगफल तयार पारेको थियो । केभिन आ्ब्रायनले ४१ र हेरी टेक्टरले २८ रनको योगदान दिए ।
आजै क्यानडा र नाईजेरियाबिच पनि प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?