Logo

ग्रीजम्यान चम्कदा फ्रान्सको सहज जित

ई-खेलकुद २०७८ भदौ २३ , बुधबार ०६:०९ मा प्रकाशित

एजेन्सी । विश्वकप फुटकलको युरोपेली छनोटमा फ्रान्सले फिनल्यान्डलाई हराएको छ । घरेलु मैदानमा गएराती भएको खेलमा फ्रान्स २–० ले विजयी भएको हो । योसंगै फ्रान्सले आफ्नो जितविहिन यात्रापनि ६ खेलपछि तोडेको छ । उसलाई सहज जित दिलाउन दुबै गोल एन्टोनियो ग्रीजम्यानले गरे । खेलको २५औं मिनेटमा करिम बेन्जेमाको पासलाई सदुपयोग गर्दै ग्रीजम्यानले पहिलो गोल गरेका थिए । ५३औं मिनेटमा लियो डुवोइसको पासमा ग्रिजमनले दोस्रो गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए । जितसंगै समूह ‘डी’ मा अपराजित फ्रान्स ६ खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा यथावत छ । ४ खेल खेलेको फिनल्यान्ड भने ५ अंकमा समुहको तेस्रो स्थानमा छ ।
सोहि समूहको अर्को खेलमा बोस्निया एन्ड हर्ज गोभिना र काजकस्तानले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?