Logo

ग्रानाडा ला लिगाको शीर्ष स्थानमा

ई-खेलकुद २०७६ कात्तिक ११ , सोमबार ०९:१० मा प्रकाशित

एजेन्सी । ग्रानाडा स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा रियल बेटिसलाई १–० ले हराउदै ग्रानाडाले बार्सिलोनालाई १अंकले पछि पारेको हो । यद्यपी बार्साले एक खेल कम खेलेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५१ औ मिनेटमा अल्भारो भाडिल्लोले गरेको गोल ग्रानाडाको जितमा निर्णायक बन्यो । १० खेलबाट ग्रानाडाको २० अंक भएको छ । एकखेल कम खेलेको बार्सिलोना १९ अंकमा तालिकाको दोसो स्थानमा छ ।
गएराती नै रियल सोसिडाडले सेल्टा डि भिगोलाई १–० ले स्तब्ध पार्यो । यो जितले उसलाई तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनासंग समान अंक भएपनि सोसिडाड गोलअन्तरमा पछि परेको हो । अन्य खेलहरुमा सेभियाले गेटाफेलाई २–० ले, स्पानियोलले लेभान्तेलाई १–० ले तथा ओसासुनाले भ्यालेन्सीयालाई ३–१ ले पराजित गरे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?