
एजेन्सी । ग्रानाडाले स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । पछिल्लो खेलमा गएराती गेटाफेसंग ३–१ ले पराजित हुदै ग्रानाडाले सो मौका खेर फालेको हो । ५७ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेपनि ग्रानाडाले पाएका अवसर खेर फालेको थियो । पहिलो हाफमा २ गोलको अग्रता बनाएको गेटाफेले दोस्रो हाफमा १ गोल खाँदै १ गोल फर्काएको थियो ।
गेटाफेको जितमा एन्जल रोड्रिग्वेज, माउरो अराम्बारी र डेभिड टिमोरले एक एक गोल गरे । जितपछि गेटाफे तालिकाको नवौ स्थानमा उक्लिएको छ ।
गएराती नै आईबरले भियारियललाई २–१ ले हराउदा ओसासुना र मायोरकाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
