
काठमाण्डौ । नेपाली पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा तेस्रो स्वर्ण जितेकि छिन् । आज भएको ४ सय मिटरको फ्रिस्टाईलमा उनले स्वर्ण पदक हात पारेकि हुन् ।
यसअघि उनले २ स्वर्ण र १ रजत हात पारिसकेकि छिन् । सागमा तीन स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी समेत भएकि छिन् ।
