Logo

गोलकिपर बेकरको गोलमा लिभरपुल विजयी

ई-खेलकुद २०७८ जेठ ३ , सोमबार ०८:०५ मा प्रकाशित

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा लिभरपुल विजयी भएको छ । वेष्टब्रोमलाई २–१ गेल अन्तरले हराउदै लिभरपुलले चौथो स्थानको चेल्सीसंगको दुरी १ अंकले छोट्याएको हो । वेष्टब्रोमको मैदानमा लिभरपुललाई जिताउन मोहम्मद सालाह र गोलरक्षक एलिसन बेकरले गोल गरे । वेस्ट ब्रोमका हल रबसन–कानुले एक गोल गरे ।
खेलमा अग्रता भने १५औँ मिनेटमा कानुको गोलमा वेस्टब्रोमले लिएको थियो । ३३औँ मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई बराबरीमा पुर्याए ।
इन्ज्युरी समयमा गोलरक्षक बेकरले गोल गर्दै लिभरपुललाई जित दिलाएका थिए । जितसँगै पाँचौँ स्थानको लिभरपुलले ३६ खेलमा ६३ अङ्क जोडेको छ । वेस्टब्रोम भने २६ अङ्कका साथ रेलिगेसन जोनमा छ । गएराती नै सेफिल्ड युनाईटेडले एभर्टनलाई १–० ले पराजित गरेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?