Logo

गोर्खा ब्वाईजलाई हराउदै मदन भण्डारी स्पोर्टस एकेडेमी सेमिफाइनलमा

ई-खेलकुद २०७६ असोज ६ , सोमबार ०७:०९ मा प्रकाशित

बेलवारी । मदन भण्डारी स्पोर्टस एकेडेमी लक्ष्मीमार्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । आज भएको तेस्रो क्वार्टरफाइनलमा रुपन्देहिको गोर्खा ब्वाईज क्लबलाई ३–२ ले हराउदै मदन भण्डारी स्पोर्टस एकेडेमी प्रतियोगिताको अन्तिम चारमा प्रबेश गरेको हो ।

मदन भण्डारीले फाइनल प्रबेशका लागि सेमिफाइनलमा धरान फुटबल क्लबसंग प्रतिस्पर्धा गर्नेछ । उसको जितमा तपन कार्की, प्रकाश बुढाथोकी र भुषण लिम्बुले एक एक गोल गरे । गोर्खाका लागि दुबै गोल दिपक राईले गरे । १८ औ मिनेटमा राईले गोल गर्दै रुपन्देहिलाई सुरुवाती अग्रता दिलाएपनि २५ औ मिनेटमा तपन कार्कीले एकेडेमीलाई बराबरीमा पुर्याएका थिए ।
बुढाथोकीले ७५ र लिम्बुले ७७ औ मिनेटमा गोल गरेपछि मदन भण्डारी एकेडेमी ३–१ के अवस्थामा पुग्यो । राईले ८० औ मिनेटमा रुपन्देहिका लागि गोल गर्दै अन्तर घटाएपनि त्यसपछि थप गोल गर्न नसक्दा हार भोग्न बाध्य भयो ।

खेलमा मदन भण्डारी स्पोर्टस एकेडेमीका तपन कार्की म्याच अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैया हात पारे । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा भोली विभागीय नेपाल पुलिस र पाहुना टोली रोयल क्लब वेष्ट बंगाल भारतबिच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?