Logo

गांगुली बिसीसीआईको अध्यक्षमा निर्बिरोध निर्वाचित

ई-खेलकुद २०७६ कात्तिक ६ , बुधबार ०४:१० मा प्रकाशित

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईको अध्यक्षमा सौरभ गांगुली चुनिएका छन् । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान गांगुलीले बीसीसीआईको ३९ औ अध्यक्ष निर्बाचित भएका हुन् । ४७ बर्षिय गांगुली बोर्डको साधारणसभाबाट निर्बिरोध निर्वाचित भएका हुन् । बोर्डले माईक्रो ब्लगीङ साईट ट्वीटरमा गांगुली अध्यक्षमा निर्बिरोध निर्वाचित भएको जनाएको हो ।
यसैबिच बोर्ड अध्यक्ष निर्बाचित भएका गांगुलीले बोर्डको विश्वसनियतालाई कायम राख्दै भ्रष्टाचारमुक्त कार्यकाल बनाउने घोषणा गरेका छन् । उनले टोलीका कप्तान बिराट कोहलीसंग छलफल गरी भावी रणनिति तयार पार्ने समेत उल्लेख गरेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?