Logo

गल्फमा नेपाललाई २ स्वर्ण, ब्यक्तिगत र टिम ईभन्ट दुबैमा नेपाल विजयी

ई-खेलकुद २०७६ मंसीर २० , शुक्रबार ०२:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा पनि नेपालले २ स्वर्ण पदक हात पारेको छ । ब्यक्तिगत स्पर्धामा नेपालका सुवास तामाङले स्वर्ण जितेका हुन् । राजधानीको गोकर्ण गल्फ कोर्समा बंगलादेशका खेलाडीलाई पछि पार्दै सुवासले स्वर्ण जितेका हुन् । उनले १४ अन्डर २ सय ७४ स्कोर कार्ड बनाउदै स्वर्ण जिते । बंगलादेशका मोहमद फरहादले ६ अन्डर २ सय ८२ स्कोर जोडे ।
टिम इभेन्टतर्फ नेपालका सुवाससहित शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले स्वर्ण हात पारेका हुन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?