Logo

गण्डकीलाई हराएको प्रदेश दुइलाई पहिलो अंक

ई-खेलकुद २०७८ पुस २७ , मंगलबार ०४:०१ मा प्रकाशित

काठमाडौं । प्रदेश दुइले पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । आज भएको खेलमा गण्डकी प्रदेशलाई २ विकेटले हराउँदै प्रदेश दुईले तालिकामा पहिलो अंक जोडेको हो । समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा गण्डकीले दिएको १ सय १७ रनको चुनौती प्रदेश दुइले ११ बल अगावै ८ विकेट गुमाएर भेट्टायो । उसको जितमा हसिम अन्सारीले २६ रनको योगदान गरे । सन्तोष कार्कीले २३ र हरीकृष्ण झाले १७ रन बनाए । गण्डकीका कृष्ण पौडेलले ३ तथा विशाल पौडेल र सुवास भण्डारीले समान २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ७ विकेट गुमाएर १ सय १६ रन जोडेको थियो ।अर्जुन कुमालले सर्वाधिक ४१ रन बनाएको गण्डकीको ईनिङसमा सन्दीप क्षेत्रीले २७ रन जोडे । प्रदेश २ का आदिल आलमले दुई तथा हरिशंकर साह, जितेन्द्र यादव र विवेक यादवले समान एक विकेट लिए ।
प्रदेश दुई आफ्नो पहिलो खेलमा विभागीय टोली एपीएफसँग पराजित भएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?