Logo

खेलाडीमाथि गरिएको कारबाही पुर्नविचार गर्न मन्त्री गहतराजको आग्रह

ई-खेलकुद २०७८ पुस २ , शुक्रबार ०५:१२ मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले गरेको खेलाडीहरुमाथिको कारबाही पुर्नविचार गर्न युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आग्रह गरेका छन् । नेपाल क्रिकेट संघका पदाधिकारीलाई मन्त्रालयमै बोलाएर मन्त्री गहतराजले कारबाहीका सम्बन्धमा निर्णय पुर्नबिचार गर्न आग्रह गरेका हुन् । उनले खेलाडीहरुप्रति गरिएको कारबाहीप्रति असन्तुष्टि समेत जनाएका हुन् । निरन्तर राष्ट्रका लागि खेलिरहेका खेलाडीहरुमाथि हुने यसप्रकारका कारबाहीले उनीहरुको मनोबल कमजोर बन्ने र अन्तराष्ट्रिय रुपमा पनि गलत सन्देश जाने भएकाले यस्तो कारबाही गर्नु गलत भएको मन्त्री गहतराजको भनाई थियो । उनले कुनै समस्या भए उपयुक्त बिधीबाट समाधान गर्न पनि पदाधिकारीको ध्यानाकर्षण गराए । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई केन्द्रित गर्दै क्रिकेटमा देखिएको समस्या समाधान गर्न मन्त्री गहतराजले निर्देशन पनि दिएका छन् ।
सो क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आफुहरुले अनुशासन विपरित रहेका खेलाडीमाथि बिधान अनुसारको कारबाही गरिएको बताए । कप्तान ज्ञानेन्द्र मल्लसहितका चार खेलाडीमाथि गरिएको कारबाही गलत नभएको उनको जिकिर थियो । क्यानको पछिल्लो कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले समेत चासो राख्दै अध्यक्ष चन्दलाई आज बिहान टेलिफोन गरी जानकारी लिएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?