Logo

खेलकुदको बजेट ३८ करोडले बढ्यो

ई-खेलकुद २०७८ जेठ १५ , शनिबार ०६:०५ मा प्रकाशित

काठमाण्डौ । युवा तथा खेलकुद मन्त्रालयको बजेटमा ३८ करोड रुपैयाले बृद्धि भएको छ । सरकारले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । राष्ट्रिय योजना आयोगले तोकेको सिलिङ भन्दा ८० करोड बढिको बजेट खेलकुद क्षेत्रले पाएको हो । आयोगले युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब ९३ करोड ९५ लाखको सिलिङ तोकेको थियो ।
अर्थमन्त्रीले विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै युवा तथा खेलकुद मन्त्तालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो ।
अघिल्लो बजेटमा खेलकुद क्षेत्रले २ अर्ब ३६ करोड रुपैयाँ बजेट प्राप्त गरेको थियो । यसबर्षको बजेटमा सरकारले खेलकुद पूर्वाधारलाई केन्द्रमा राखेको छ ।
मोरङको बैजनाथपुर, काठमाडौंको मुलपानी रुपन्देहीको भैरहवा,दाङको लमही, बाँकेको नेपालगंज र कंचनपुरको महेन्द्रनगरमा क्रिकेट रंगशाला सम्पन्न गर्न बजेट बिनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।
यसै आर्थिक बर्षबाट झापाको दमकमा मदन भण्डारी अन्तराष्ट्रिय रंगशालाको सुरुवात हुने र २ बर्षभित्रमा त्यसको निर्माण सक्ने सरकारको लक्ष्य छ । खेलजीवनबाट निवृत खेलाडीलाई व्यवसाय संचालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था मिलाएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

 

 


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?