Logo

खुमलटार पराजित, सातदोबाटोको उपाधि यात्रा सहज

ई-खेलकुद २०७७ फागुन २२ , शनिबार ०५:०३ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलको उपाधि दाबेदार खुमलटार युथ क्लब पराजित भएको छ । आज भएको खेलमा दोस्रो स्थानको खुमलटार श्रीकुमारी क्लबसंग २–१ गोल अन्तरले पराजित भएको हो । खुमलटारको हारसंगै शीर्ष स्थानको सातदोबाटो युथ क्लबको उपाधि यात्रा सहज बनेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खुमलटारले सुरुवाती अग्रता जोगाउन सकेन् । २६ औ मिनेटमा सबिन केसीले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । ४१ औ मिनेटमा डोना थापाले श्रीकुमारीलाई बराबरीमा पुर्याए । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ८४ औ मिनेटमा आशिष श्रेष्ठले गोल गर्दै श्रीकुमारी क्लबको जित निश्चित पारे । यो जितपछि उसको १० खेलबाट १२ अंक भएको छ । समान खेलबाट खुमलटार २२ अंकमा तालिकाको दोस्रो स्थानमा छ । लिगको उपाधिका लागि सातदोबाटोलाई मात्र १ अंक आवश्यक छ ।

खुमलटार बी’ डिभिजन

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?