Logo

खराब फिल्डिङका कारण नेदरल्याण्ड्ससंग नेपालको हार

ई-खेलकुद २०७८ वैशाख ७ , मंगलबार ०४:०४ मा प्रकाशित

काठमाण्डौ । नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टि–२० सिरिजमा पहिलो हार भोगेको छ । उच्च स्कोरको खेलमा नेदरल्याण्ड्सले ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो । ब्याटिङमा उत्कृष्ट प्रर्दशन गरेपनि फिल्डिङमा कमजोर बन्दा नेपाल हार भोग्न बाध्य भयो । नेपालले दिएको २ सय ७ रनको लक्ष्य डच टोलीले ३ बल अगावै ७ विकेट गुमाएर पुरा गर्यो ।
बास डि लिडले अबिजित ८१ रन बनाउदै नेदरल्याण्ड्सलाई महत्वपुर्ण जित दिलाए । वेन कोपरले ५५, पिटर सेलारले ३१ र टोबियास भिसीले १५ रन बनाए । नेपालका सन्दिप लामिछानेले ४ तथा करन केसी, अबिनाश बोहोरा र कुशल मल्लले समान १ विकेट लिए ।
यसअघि त्रिबि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउदै २ सय ६ रनको शानदार योगफल तयार पारेको थियो । नेपालको ईनिङसमा कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । लगातार तेस्रो खेलमा पनि अर्धशतक बनाउने क्रममा कुशलले ६२ रनको उत्कृष्ट पारि खेले । दिपेन्द्रले ६० रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रन बनाए । सोमपाल कामी २१ र बिनोद भण्डारी ७ रनमा अबिजित रहे । नेदरल्याण्ड्सका भिभियान किङग्मा र पिटर सेलारले समान २ तथा बास डि लिड र आयर्न दत्तले समान १ विकेट हात पारे ।
नेपालले समुह चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार मलेसीयासंग खेल्नेछ ।

त्रिकोणात्मक नेपाल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?