
काठमाण्डौ । अण्डर १८ फुटबल टोलीका प्रशिक्षक चेत नारायण श्रेष्ठले प्रशिक्षक पदबाट राजिनामा दिएका छन् । घरेलु मैदानमा जारी साफ अण्डर १८ च्याम्पियनसिप फुटबलमा नेपाल समुहचरणबाटै बाहिरिए लगत्तै श्रेष्ठले पदबाट राजिनामा दिएका हुन् । साबिक बिजेता समेत रहेको नेपाल पहिलो खेलमा माल्दिभ्ससंग एक एकको बराबरीमा रोकिदा दोस्रो खेलमा भुटानसंग ३–० ले पराजित भएको थियो ।
टोलीको कमजोर प्रर्दशनमा आफु मुख्य जिम्मेबार रहेको भन्दै उनले पदबाट राजिनामा दिएका हुन् । श्रेष्ठले आजै अखिल नेपाल फुटबल संघ एन्फामा राजिनामा बुझाएको प्रबक्ता किरण राईले जानकारी दिनुभयो ।
श्रेष्ठले प्रशिक्षकका रुपमा आफुले धेरै मेहनत गर्न आवश्यक रहेको भन्दै आफुलाई सबल बनाएर प्रशिक्षककै रुपमा फर्कने समेत बताएका छन् ।
