
एजेन्सी । कोपा इटालिया कप फुटबलमा आज राति प्रिक्वार्टरफाईनलका बिभिन्न तीन खेल हुदैछन् । आज युभेन्टस र जिनोआ, ईन्टर मिलान र फियोरेन्टिना तथा नापोली र ईम्पोली प्रतिस्पर्धा गर्नेछन् ।
युभेन्टस र जिनोआबिच हुने अन्तिम १६ को खेल युभेन्टसको घरेलु मैदानमा नेपाली समयानुसार राती साढे १ बजे सुरु हुनेछ । एकअर्काबिरुद्ध मैदान उत्रदा दुवै टोली सहज जितसंगै क्वार्टरफाइनल पुग्ने योजनामा रहेका छन् । सिरि ए च्याम्पियन समेत रहेको युभेन्टस सर्वाधिक धेरै पटक कोपा इटालियाको उपाधि जित्ने टोली हो । उसले १३ पटक उपाधि जितेको छ । इन्टर र फियोरेन्टिनाबिचको खेल फियोरेन्टिनाको मैदानमा साँझ नेपाली समयानुसार राती पौने ८ बजे सुरु हुनेछ । नापोलीले घरेलु मैदानमा राती साढे १० बजे ईम्पोलीको सामना गर्नेछ ।
