Logo

क्वार्टरफाईनलमा अर्जेन्टिनाले ईक्वेडर तथा ब्राजिलले चिलीसंग खेल्ने

ई-खेलकुद २०७८ असार १५ , मंगलबार ०८:०६ मा प्रकाशित

एजेन्सी । ब्राजिलमा जारी ४७ औ संस्करणको कोपा अमेरिका कप फुटबलको क्वार्टरफाईनल समिकरण पुरा भएको छ । क्वार्टरफाईनलमा पुग्ने सबै टोलीको टुंगो लागेसंगै समिकरणले पुर्णता पाएको हो । समुहचरणबाट बोलिभिया र भेनेजुएला बाहिरिएका छन् ।
समुह एबाट अर्जेन्टिना समुह विजेता बन्यो । उरुग्वे उपविजेताका रुपमा क्वार्टरफाईनलमा प्रबेश गरेको छ । यो समुहबाट पाराग्वे र चिलीले अघिल्लो चरणमा स्थान बनाएका छन् । समुह बीबाट आयोजक ब्राजिल समुह विजेता बन्यो । यो समुहबाट पेरु दोस्रो, कोलम्बिया तेस्रो र इक्वेडर चौथो बन्दै क्वाटरफाइनल पुगेका छन् ।
क्वाटरफाइनलमा समूह ‘ए’ को विजेता अर्जेन्टिनाले समूह ‘बी’ को चौथो स्थानमा रहेको इक्वेडरसँग खेल्नेछ । यस्तै समूह ‘बी’ को विजेता ब्राजिलले समूह ‘ए’ को चौथो स्थानको चिलीसँग खेल्नेछ । समूह ‘ए’ मा दोस्रो भएको उरुग्वेले समूह ‘बी’ को तेस्रो भएको कोलम्बियासँग तथा समूह ‘ए’ को तेस्रो भएको पाराग्वेले समूह ‘बी’ को दोस्रो भएको पेरुसँग खेल्नेछ ।
अर्जेन्टिना र इक्वेडर तथा उरुग्वे र कोलम्बियाबीचको खेलको विजेताले सेमिफाइनल खेल्नेछ । यस्तै ब्राजिल र चिली तथा पाराग्वे र पेरुबीचको खेलको विजेताले अर्को सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल जुलाई १० मा माराकाना स्टेडियममा हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?