Logo

क्वार्टरफाईनलको पहिलो लेगमा पिएसजी र चेल्सी विजयी

ई-खेलकुद २०७७ चैत्र २६ , बिहीबार ०६:०४ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाईनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन पिएसजी र चेल्सी विजयी भएका छन् । बायर्न म्युनिखलाई ३–२ ले हराउदै पिएसजीले सेमिफाईनल प्रबेशको संभावना बलियो बनाएको हो । बायर्नको मैदान एलिनाज एरिनामा पिएसजीलाई जिताउन केलियन एम्बाप्पेले २ तथा मार्किन्हसले एक गोल गरे । बायर्नका थोमस मुलर र चौपो मोटिङले एक एक गोल गरे । पिएसजीलाई दबावमा राखेपनि बायर्नका दर्जन अवसर खेर गएका थिए । पहिलो हाफमै पाहुना टोली पिएसजीले २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा दुबै टोलीले एक एक गोल गरेपछि पिएसजी ३–२ ले विजयी बन्यो ।
स्पेनमा भएको खेलमा ईटोलीयन क्लब एफसी पोर्टोलाई २–० ले हराउदै चेल्सीले सेमिफाईनल प्रबेशको संभावना बलियो बनाएको छ । एकपक्षिय खेलमा चेल्सीलाई सहज जित दिलाउन मासन माउण्ट र वेन चिलवेलले गोल गरे । पोर्टोले केहि अवसर सृजना गरेपनि गोल गर्न भने सकेन् । क्वार्टरफाईनलको दोस्रो लेग अप्रिल १४ मा हुनेछ ।

च्याम्पियन्स लिग पिएसजी

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?