Logo

क्रोएसीया र नेदरल्याण्ड्स युरोकपका लागि छनोट

ई-खेलकुद २०७६ मंसीर १ , आईतबार ०८:११ मा प्रकाशित

एजेन्सी । क्रोएसिया र नेदरल्याण्ड्स युरोकप फुटबलमा छनोट भएका छन् । गएराती भएको खेलमा स्लोभाकियालाई ३–१ ले हराउदै क्रोएसियाले समुह ईबाट युरोकपको टिकट काटेको हो । खेलको पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्टाउदै क्रोएसियाले पुनरागमन जित हात पारेको हो । निकोला भ्लासीक, बुर्नो पेट्कोभिक र ईभान पेरिसीकले गोल गर्दै क्रोएसीलाई महत्वपुर्ण अंक दिलाए । ८ खेलबाट १७ अंक जोडेको क्रोएसीयाले एक खेल कम खेलेको हंगेरीसंग ५ अंकको दरी कायम राख्दै युरोकपमा स्थान बनाएको हो ।
सोहि समुहको खेलमा वेल्सले अजरबैजानलाई २–० ले स्तब्ध पार्यो । नेदरल्याण्ड्सले नर्दन आयरल्याण्डसंग गोलरहित बराबरी खेलपनि समुह सीको दोस्रो स्थानमा रहदै युरोकपमा स्थान बनाएको छ । यसअघि नै युरोकपमा स्थान बनाएको जर्मनीले बेलारुसलाई ४–० ले हराउदै शीर्ष स्थानमा पुगेको छ । जर्मनीको जितमा टोली क्रुजले २ तथा म्याथीस जिन्टर र लियोन गोरेट्काले एक एक गोल गरे ।
अन्य खेलहरुमा स्लोभानियाले लात्भियालाई १–० ले, बेल्जियमले रसीयालाई ४–१ ले र काजाकिस्तानले सान मारिनोलाई ३–१ ले स्तब्ध पार्यो । अष्ट्रियाले म्यासेडोनिया, पोल्याण्डले ईजरायल र स्कटल्याण्डले साईप्रसलाई समान २–१ ले स्तब्ध पारे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?