Logo

क्रिष्टलबिरुद्ध न्यु क्यासलको सहज जित

ई-खेलकुद २०७७ मंसीर १३ , शनिबार ०६:११ मा प्रकाशित

एजेन्सी । न्यु क्यासल युनाईटेडले ईङलिश प्रिमियर लिग फुटबलमा चौथो जित हात पारेको छ । दशौ चरणको खेलमा गएराती क्रिष्टल प्यालेसलाई २–० ले हराउदै न्युक्यास तालिकाको दशौ स्थानमा उक्लिएको हो । खेलको अन्तिम २ मिनेटमा लगातार २ गोल गर्दै न्यु क्यासलले जित हात पारेको हो । ८८ औ मिनेटमा कालुम विल्सनले गोल गर्दै न्यु क्यासललाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि जोएलिन्टोनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
खेलमा बल पोजिशनमा पकड बनाएपनि क्रिष्टलले पाएका केहि अबसर खेर फाल्दा हार भोग्न बाध्य भयो । १० खेलबाट १४ अंक जोडेको न्यु क्यासलले तालिकामा ५ स्थान सुधार गरेको हो ।
प्रिमियर लिग फुटबलमा आज बिभिन्न ४ खेल हुदैछन् । आज लिभरपुल र ब्राईटन एण्ड होभ एल्बियन, म्यानचेष्टर सिटी र बर्नली, एभर्टन र लिड्स युनाईटेड तथा वेष्ट ब्रोम र सेफिल्ड युनाईटेड प्रतिस्पर्धामा उत्रनेछन् ।

न्यु क्यासल प्रिमियर लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?