Logo

क्रिकेट विकासमा सरकारको ध्यान शुन्य छ : चतुर बहादुर चन्द

ई-खेलकुद २०७७ मंसीर १ , सोमबार ०७:११ मा प्रकाशित

काठमाण्डौ । सरकारले नेपालको क्रिकेट विकासमा ध्यान दिन नसक्दा नेपाली क्रिकेटले लक्ष्य अनुसारको फड्को मार्न नसकेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आरोप लगाउनु भएको छ ।

आफ्नै हस्तक्षेपका कारण लथालिङग भएको नेपाल क्रिकेट संघ क्यानलाई माथी उठाउन पनि सरकारले कुनै पहल नगरेको चन्दको भनाई छ । ईखेलकुदसंग कुराकानी गर्दै अध्यक्ष चन्दले सिमित श्रोत र साधन तथा संरचनाका बावजुतपनि आफुहरुले क्रिकेट विकासका लागि दिर्घकालिन महत्व राख्ने निर्णयहरु गरेको तर राज्यको उचित साथ र सहयोग नपाएको उल्लेख गर्नुभयो ।

नेपाली खेलकुदलाई विश्वसम्म चिनाईसकेको क्रिकेटको संरचनात्मक र रणनितीक विकासमा राज्य गैरजिम्मबार बन्दा आफुहरु यो परिस्थितीको सामना गरिरहेको चन्दको भनाई थियो ।
अझैपनि धेरै बाधा र अबरोधहरु रहेको भन्दै अध्यक्ष चन्दले क्यानलाई कमजोर संस्थाका रुपमा परिचित गराउन भुमिका खेल्नेहरु अहिले पनि सक्रिय रहेको उल्लेख गर्नुभयो । एकदिवसीय राष्ट्रको मान्यतापछिको अवस्थामा तयार पार्नुपर्ने आधारहरु थाहा हुदाहुदै पनि सरोकारवाला निकाय मौन रहनु दुर्भाग्यपुर्ण रहेको उहाँको स्पष्टोक्ति थियो ।
सिमित बजेटबाट धेरै कामहरु सम्पन्न गर्नुपर्दा क्यानले देखिने हिसाबका काम गर्न नसकेको दाबी गर्दै अध्यक्ष चन्दले बुझेका सञ्चारमाध्यमहरुले पनि त्यसमा आवाज उठाउनुका सट्टा क्यानमाथीनै खनिएकोमा दुखेसो पोख्नुभयो ।

क्यान चतुरबहादुर चन्द नेपाली क्रिकेट

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?