Logo

क्रिकेट मैदानबाट पारस खड्काको अघोषित सन्यास !

ई-खेलकुद २०७६ कात्तिक १८ , सोमबार ०६:११ मा प्रकाशित

काठमाण्डौ । गत महिना मात्र राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट अप्रत्यासी रुपमा राजिनामा दिएका पारस खड्काले राजिनामा दिदै गर्दा खेलाडीका रुपमा मैदान उत्रने बताएका थिए । तर विश्वकै चर्चित क्रिकेट क्लब मेरिलिबोनबिरुद्ध घरेलु मैदानमा भएको एकदिवसीय खेलमा उनी प्लेईङ सेटमा परेनन् । नेपाल क्रिकेट संघले एकदिवसीय खेलका लागि पारसको नाम समाबेश गरेपनि उनी प्लेईङ सेटमै नपरेपछि धेरैले आश्चर्य ब्यक्त गरे । तर कप्तान ज्ञानेन्द्र मल्लले पारसकै चाहाना अनुसार मैदान उत्रने खेलाडीको सुची बनाएका हुन् । घरेलु मैदानमा लामो समयपछि नेपालले खेलेको खेलमा पारस आफैले उपस्थित हुने चाहाना नदेखाएपछि उनको उपस्थिती हराउदै जाने हो की भन्ने आशंका चौतर्फि उब्जिएको छ । पारस निकट स्रोतका अनुसार उनी विस्तारै टोलीको भार हस्तान्तरण गर्दै बाहिरिने मनस्थितीमा रहेका छन् ।
राष्ट्रिय टोलीले तत्काल खेल्ने अन्तराष्ट्रिय प्रतियोगिता पनि नरहेको र बिस्तारै अन्तराष्ट्रिय फ्रेन्चाईज लिगमा प्रबेश गर्ने क्रममा रहेकाले राष्ट्रिय टोलीबाट बाहिरिने सोच पारसमा देखिएको हो । आसन्न ईमर्जिङ टिम्स कपमा पनि उनको सहभागीता नहुन लगभग निश्चित प्राय छ । सोहि समय युएईमा हुने टी–१० क्रिकेटमा आबद्ध हुने भएकाले पारसको यात्रा राष्ट्रिय टोली बाहिरै रहने संभावना बढेको हो । पारसले टि–१० खेल्न जानुपर्ने भएकाले सोहि समय बंगलादेशको ढाकामा हुने ईमर्जिङ टिम्स कप खेल्न नसक्ने भन्दै क्यानमा निवेदन समेत दर्ता गराएका छन् ।
कप्तानबाट औपचारिक रुपमा बिदा लिईसकेपछि बिभिन्न सञ्चारमाध्यममा दिएको अन्र्तवार्तामा उनले अझै केहि बर्ष नेपाली टोलीमै रहने बताएका थिए । तर पारसको मनस्थिती उपयुक्त समयमा सन्यास लिने रहेको उनी निकटहरुले बताउन थालेका छन् ।
पारसले आफ्नो बिदाईबारे क्यानका पदाधिकारीहरुसंग सामान्य छलफलपनि गरेका थिए । तर तत्काल यो निर्णय नलिन क्यान पदाधिकारीले आग्रह गरेका थिए । ती पदाधिकारीले भने– जिम्मेबारी हस्तान्तरणसंगै पारसले सन्यासबारे पनि कुरा राखेका थिए, हामीले यो अवस्थामा उपयुक्त हुदैन भनेर सुझाव दियौ ।
भर्खरै एउटा चरणमा आएको नेपाल क्रिकेट संघलाई उनको सन्यासले शंका गर्ने ठाँउ समेत रहने भएकाले नेपाली क्रिकेटको भविश्यका लागि पनि सो निर्णय नलिन आ्रह गरिएको ती पदाधिकारीले बताए ।
घरेलु मैदानमा आगामी फ्रेब्रुअरी ५ देखी १२ सम्म हुने विश्वकप छनोट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमानबिचको खेललाई पारसले सन्यासको उपयुक्त अवसर मानेका छन् । नेपाली क्रिकेटमा एकदशक सफल कप्तानको रुपमा सेवा गरेका पारसको बिदाई आम नेपाली क्रिकेटप्रेमीका लागि पीडादायी क्षण हो । उमेरका हिसावले उनको समय नपुगेपनि टोलीबाट गरेको प्रर्दशनका हिसाबमा उनले बिश्राम लिने समय हुनै लागेको हो । नेपाली क्रिकेटको मियोका रुपमा रहेका खड्काले आफ्नो मनस्थिती परिवर्तन गरी केहि बर्ष नेपाली क्रिकेटमा बिताए नेपालको भविश्य केहि राम्रो बन्ने अपेक्षा छ । त्यसैले त क्यानले पनि पारसको योगदानलाई बिशेष सम्मान गर्दै बिदाई गर्ने बताईरहेको छ । आम नेपाली क्रिकेट समर्थक पारसको अघोषित हैन, शानदार बिदाईको प्रतिक्षामा छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?