Logo

क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोट गर्न ५ सदस्सीय समिति गठन

ई-खेलकुद २०७८ कात्तिक ३० , मंगलबार ०६:११ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोट गर्न नेपाल क्रिकेट संघ क्यानले ५ सदस्सीय समिति गठन गरेको छ । गत कात्तिक १ गते क्यानले मुख्य प्रशिक्षकका लागि अन्तर्राष्ट्रिय विज्ञापन आव्हान गरेको थियो । नेपालको प्रशिक्षक बन्न ६० जनाले आवेदन दिएका छन् ।
अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बोर्ड बैठकले कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्लको संयोजकत्वमा छनोट समिति गठन गरेको हो । समितिमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् । अर्का सदस्य अन्तर्राष्ट्रिय क्रिकेट परिषदका प्रतिनिधि रहने छन् ।आवेदन दिएकाहरु मध्ये सर्ट लिस्ट बनाएर प्रशिक्षक छनोटको प्रक्रिया अघि बढाइने क्यानले जनाएको छ । मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन रहेको छ ।
यस्तै बैठकले क्यानको वार्षिक साधारण सभा आगामी पुस १४ र १५ गते धनगढीमा आयोजना गर्ने निर्णय समेत गरेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?