Logo

क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित

ई-खेलकुद २०७८ असार १२ , शनिबार ०४:०६ मा प्रकाशित

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । विश्वकप लिग टु अन्तर्गत स्पेनमा हुने सिरिज रोकिएसंगै मंगलबारबाट सुरु भएको प्रशिक्षण रोकिएको हो । नेपाल क्रिकेट संघले आज एक सुचना जारी गर्दै पुर्ण प्रशिक्षण रोकिएको जनाएको हो ।
यद्यपी सानो समुह बनाएर प्रशिक्षक डेभ वाटमोरले खेलाडीहरुलाई नियमित प्रशिक्षण भने जारी राख्ने भएका छन् । कोभिडको प्रोटोकललाई पालना गर्दै खेलाडीहरुले समुहले अभ्यासलाई जारी राख्ने भएको हो ।
सो अभ्यासमा टोलीका फिजियो बिक्रम न्यौपाने समेत रहने क्यानले जनाएको छ । नामिबियाका खेलाडीमा कोरोना सक्रमण देखिएको भन्दै आईसीसीले लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित गरेको थियो ।
स्पेनमा तय भएको सिरिज २०२२ को जुलाईसम्मका लागि स्थगित भएको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?