Logo

क्यारेबियन प्रिमियर लिगमा बार्बाडोसको शानदार जित, सन्दिपले लिए विकेट

ई-खेलकुद २०७६ असोज ४ , शनिबार ०९:०९ मा प्रकाशित

एजेन्सी । बार्बाडोस ट्रिडेन्सले क्यारेबियन प्रिमियर लिगमा दोस्रो जित हात पारेको छ । आज बिहान भएको खेलमा सेन्ट लुसिया जुक्सलाई ७१ रनले हराउदै बार्बाडोस तालिकाको चौथो स्थानमा उक्लिएको छ । १ सय ७३ रनको उच्च लक्ष्यसहित जवाफि ब्याटिङमा उत्रिएको सेन्ट लुसिया १४ दशमलव ५ ओभरमा १ सय १ रनमा समेटियो ।
उसलाई कम स्कोरमा रोक्न जोस्वा विस्वप र जेसन होल्डरले समान २ तथा सन्दिप लामिछानेले १ विकेट लिए । ३ दशमलब ५ ओभर बलिङ गरेका सन्दिपले २९ रन खर्चेर १ विकेट हात पारेका हुन् । उनले स्पेलको अन्तिम ओभरमा १६ रन खर्चेका थिए ।
यसअघि पहिले ब्याटिङ गरेको बार्बाडोसले ६ विकेट गुमाएर १ सय ७२ रनको उच्च योगफल तयार पारेको थियो । उसको जितमा जष्टिन ग्रेभ्सले ५७ र जोनाथन कार्टरले ३० रनको योगदान गरे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?