Logo

क्यान र क्रिकेटरबीच सहमती, कप्तानमा सन्दिप यथावत,६ महिने प्रतिबन्ध फुकुवा

ई-खेलकुद २०७८ पुस १८ , आईतबार ०६:०१ मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ क्यान र क्रिकेट खेलाडीबीचमा देखिएको विवाद समाधान भएको छ । क्यान र खेलाडीबीच आज सहमती भएसँगै हालसम्मको विवाद तत्कालका लागि अन्त्य भएको हो । क्यानले खेलाडीमाथी गरेको ६ महिनाको प्रतिबन्ध फकुवा गरेसँगै विवाद समाधानको दिशामा अघि बढेको हो । यद्यपी क्यानले कप्तानको जिम्मेबारी भने सन्दिप लामिछानेलाई नै दिएको छ । यो सहमतीसँगै भोलीबट टोलीकोे बन्द प्रशिक्षणमा सबै खेलाडी सामेल हुने भएका छन् । क्यानका क्रिकेट म्यानेजर बिनोद दासका अनुसार क्यानले पुर्बकप्तान ज्ञानेन्द्र मल्लसहितका चार खेलाडीलाई गरेको कारबाही फिर्ता लिने र सबै खेलाडी बन्द प्रशिक्षणमा फर्कने सहमती भएको हो । क्यानले अनुशासन उल्लंघन गरेको भन्दै ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान र उपकप्तानबाट पदमुक्त गरेको थियो। उनीहरुसँगै सोमपाल र कमललाई ६ महिनाको केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो।
योसँगै खेलाडी र क्यानबीचको विवाद समाधान भएको हो । आन्तरिक द्वन्द बढेसँगै हिजोबाट सुरु हुने भनिएको बन्द प्रशिक्षणपनि प्रभावित बनेको थियो । बन्द प्रशिक्षणमा बोलाएका ३० मध्ये १६ खेलाडीमात्र आजको प्रशिक्षणमा सहभागी थिए । नेपाली क्रिकेट टोली टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?