Logo

क्यानले सम्पुर्ण क्रिकेट गतिबिधि बन्द गर्ने

ई-खेलकुद २०७८ वैशाख १७ , शुक्रबार ०७:०४ मा प्रकाशित

काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले सम्पूर्ण क्रिकेट गतिविधि बन्द गरेको छ । कोरोना सक्रमणको अवस्थालाई ध्यानमा राखी क्यानले सम्पुर्ण क्रिकेट गतिबिधि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो । क्यानले आज एक बिज्ञप्ती जारी गर्दै अर्को सुचना जारी नहुदासम्म कुनै पनि क्रिकेट गतिबिधि नगर्ने जनाएको छ । घरेलु मैदानमा त्रिकोणात्मक टि–२० सिरिज आयोजना गरेको क्यानले केन्द्र, प्रदेश र जिल्लागत गतिबिधिसंगै छनोटका खेलहरु तथा अन्तराष्ट्रिय सिरिज पनि तत्कालका लागि स्थगीत गरेको हो ।
कोरोना भाईरस महामारी बढ्दै गएसंगै काठमाण्डौ उपत्यकासहित मुलुकका बिभिन्न स्थानमा निशेधाज्ञा जारी गरिएको छ । दोस्रो लहरको सक्रमणको तीव्र फैलावटसंगै क्यानले आफ्ना गतिबिधि रोक्ने निर्णय गरेको हो । क्यानले घरेलु मैदानमा नामिबियासंग वन डे र टि–२० सिरिज खेल्ने तयारी अघि बढाएको थियो । पछिल्लो निर्णयले सो सिरिज पनि प्रभावित बनेको छ ।

क्यान क्रिकेट गतिबिधि

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?