Logo

क्यानले भौतिक पुर्बाधारका कामलाई पनि बिशेष जोड दिन्छ : अध्यक्ष चन्द

ई-खेलकुद २०७६ असोज २१ , मंगलबार ०७:१० मा प्रकाशित

काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानले नेपाली क्रिकेटको विकासका लागि भौतिक पुर्बाधारको विकासपनि अत्यावश्यक रहेको भन्दै पुर्बाधार निर्माणको कामलाई बिशेष जोड दिने भएको छ । केन्द्र, प्रदेश र स्थानिय तहसंगको संम्वन्वयमा बिभिन्न स्थानमा क्रिकेट रंगशाला बनाउने गरी अध्ययन थालिएको अध्यक्ष चतुर बहादुर चन्दले बताउनुभयो ।

बिज्ञहरुसंग छलफल तथा सरोकारवालाहरुको रायका आधारमा स्थानिय तहबाटै खेलाडी उत्पादनका लागि भौतिक पुर्बाधारलाई प्राथमिकतामा राखेर योजना तयार पार्ने उहा“ले बताउनुभयो । क्रिकेटको विकासका लागि ग्रासरुट कार्यक्रमसंगै भौतिक पुर्बाधारको कामलाई पनि अघि बढाईने उहा“को भनाई थियो ।
आईसीसीबाट प्राप्त हुने सहयोग र निजि क्षेत्रको पनि सहभागीतामा रंगशाला निर्माणको कामलाई अघि बढाउने उहाँको भनाई छ ।
ईखेलकुदसंग कुराकानी गर्दै अध्यक्ष चन्दले राष्ट्रिय टोलीको क्याम्पमा पनि कम्तीमा २ टोली पुग्ने खेलाडी राखेर प्रशिक्षणको ब्यबस्था मिलाउने उल्लेख गर्नुभयो । नियमित रुपमा अभ्यास र खेलाडीको हरेक अवस्थालाई सुधार गर्नेतर्फ आफ्नो ध्यान रहने उहाको भनाई छ ।
फरक प्रसंगमा अध्यक्ष चन्दले छिमेकी मुलुकका क्रिकेट संघसंग सहयोग आदान प्रदानका बिषयमा महत्वका साथ छलफल चलाउने बताउनुभयो । अनुभव आदान प्रदानसंगै खेलाडीको एक्पोजरका लागि बलिया मुलुकको क्रिकेट संघसंग समन्वय गरेर अघि बढ्ने चन्दको जिकिर थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?