Logo

क्यानडा तेस्रो खेलमा पनि अपराजित, सिंगापुरको दोस्रो हार

ई-खेलकुद २०७६ कात्तिक ६ , बुधबार ०९:१० मा प्रकाशित

एजेन्सी । क्यानडाले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा अपराजित यात्रालाई तेस्रो खेलमा पनि जारी राखेको छ । युएईमा जारी प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बलियो टोली आयरल्याण्डलाई १० रनले हराउदै क्यानडाले महत्वपुर्ण अंक हात पारेको हो ।
क्यानडाले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्यसहित जवाफि ब्याटिङमा उत्रिएको आयरल्याण्डले ७ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । स्टुआर्ड थोम्प्सनले २८, पउल स्र्टलिङले २३ र हेरी टेक्टरले २२ रन बनाएपनि टोलीको जितमा पर्याप्त भएन् । क्यानडाका रोमेश ईराङगा र साद विन जाफरले समान २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको क्यानडाले ५ विकेट गुमाएर १ सय ५६ रनको सम्मानजनक योगफल तयार पारेको थियो । उसको जितमा कप्तान नभनित धालिवालले सर्बाधिक ६९ रनको योगदान गरे । नितिश कुमारले ५३ रन बनाए । आयरल्याण्डका बोएड रान्कीनले २ विकेट लिए । यो जितसंग ३ खेलबाट ६ अंकसहित क्यानडा समुह बीको शीर्ष स्थानमा रहेको छ ।
आजै भएको खेलमा केन्याले सिंगापुरलाई ७ विकेटले हरायो । सिंगापुरले दिएको १ सय ५८ रनको चुनौती केन्याले ७ बल अगावै ३ विकेट गुमाएर भेट्टायो । उसको जितमा ईरफान करिमले अबिजित ७१ रनको योगदान गरे । अमन गान्धीले ५० रन बनाए । सिंगापुरका अमजाद महबुबले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रनको मध्यम योगफल तयार पारेको थियो । सुरेन्द्र चन्द्रमोहनले ४०, अरित्रा दत्तले ३३ र टिम डेभिडले २९ रन बनाए । केन्याका ईलिजाह ओटिनो र लुकास ओलुउचले समान ३ विकेट लिए । जितसंगै ४ खेलबाट ४ अंकसहित केन्या ग्रुप एको चौथो स्थानमा रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?