Logo

क्यानको साधारण सभा आज सुरु हुदै, निर्वाचन भोली

ई-खेलकुद २०७६ असोज १० , शुक्रबार ०६:०९ मा प्रकाशित

काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानको बिशेष साधारण सभा आज हुदैछ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको साधारणसभा राजधानीको एक होटलमा दिउ“सो साढे १ बजे सुरु हुनेछ । आज साधारण सभाको उद्घाटन सत्र र निर्वाचन सम्बन्धी कार्यबिधि तय हुनेछ । नयाँ नेतृत्वका लागि भोली बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ । साधारणसभाको अनुगमनका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रतिनिधि पनि काठमाण्डौ आईसकेका छन् । आईसीसीको सल्लाहाकार समितिले तयार पारेको बिधानकै आधारमा क्यानको जिल्ला, प्रदेश र केन्द्रको निर्वाचनको बाटो खुल्ला भएको हो ।
यो साधारणसभा बाट नयाँ नेतृत्व चयन भएलगत्तै आईसीसीले नेपालको निलम्बन फुकुबा गर्ने संभावना रहेको छ । आईसीसीले त्यसको संकेत समेत गरिसकेको छ । सहज रुपमा निर्वाचन प्रक्रिया सम्पन्न भई क्यानले नयाँ नेतृत्व पाए अर्को साता बस्ने आईसीसी बैठकले नेपालको निलम्बन फुकुवा गर्ने संभावना छ ।
क्यानको नेतृत्वका लागि चतुर बहादुर चन्द र विनयराज पाण्डे प्यानल सहित मैदानमा उत्रने तयारी गरेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?