Logo

क्यानको नेतृत्वका लागि पुरानै अनुहारको भिडन्त : चन्द र पाण्डे चुनावी मैदानमा

ई-खेलकुद २०७६ असोज ७ , मंगलबार ०२:०९ मा प्रकाशित

काठमाण्डौ । तीन बर्षे सक्रमणकाल ब्योहोरेको नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वका लागि पुरानै अनुहार चुनावी मैदानमा उत्रिएका छन् । नयाँ प्रशासकिय नेतृत्वकोका लागि शनिबार हुने निर्वाचनमा चतुर बहादुर चन्द र विनयराज पाण्डेबिच प्रतिस्पर्धा हुन लागेको हो ।
नयाँ नेतृत्व पाएसंगै क्यानमाथी अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले लगाएको निलम्बन फुकुवा हुने बताईएको छ । क्यानको नेतृत्वका लागि पोण्डेले यसअघि नै उमेद्बारी घोषणा गरिसकेपनि चन्दले अनौपचारिक रुपमा मात्र उमेद्बारीको घोषणा गरेका छन् । क्यानको बागडोर यसअघि पनि सम्हालिसकेका पाण्डे र चन्द दुबै निर्वाचनको मुख्य भागमा रहदा, मिङमा डुण्डु शेर्पा र विनोद मैनालीले पनि क्यानको नेतृत्वका लागि उमेद्वारी दिने संभावना छ ।


झण्डै साढे ४ दशक क्यानको नेतृत्वमा रहेका पाण्डे यो पटकका बलिया उमेद्वार मानिएपनि क्यानको निलम्बन फुकुवाका लागि आफ्नो नेतृत्व आवश्यक रहेको चन्दको दावी छ । पाण्डेले निर्वाचनभन्दा पनि सहमतीमै क्यानको नेतृत्व चयन गर्नुपर्ने बताउदै सहमतीबाट नेतृत्व चयन भए आईसीसीमा राम्रो सन्देश जाने भन्दै सोहि लबिङ गर्दै आएका छन् ।
५९ मतदाता रहेको क्यानको निर्वाचनमा जित निकाल्दै नेतृत्व हत्याउन ३० मत आवश्यक हुन्छ । शनिबार नै निर्वाचनका प्रक्रिया सुरु हुने भएकाले उम्द्वारको यकिन भईसकेको छैन् । तथापी सहमतीको संभावना पनि न्युन रहेको छ ।
केन्द्रिय निर्वाचनलाई मध्यनजर गर्दै चन्द समुहले जिल्ला र प्रदेशगत रुपमै कसरत अघि बढाएर मतमा आफुलाई बलियो बनाएको जानकारहरुको दाबी छ । पाण्डेले भने पुरानो विरासतकै आधारमा निर्वाचन गर्ने दाबी गर्दै आएका छन् ।
चन्दका अनुसार उनको समुहले प्यानल सहित उमेद्वार घोषणा गर्ने तयारी गरेको छ । प्यानल नै खडा गर्ने अवस्था आए दलगत आस्थापनि हावी हुने अनुमान पनि निक्कै बढेको छ ।
शुक्रबार सुरु हुने साधारणसभामा पहिलो दिन खुल्ला सत्र हुने बताईएको छ । सोहि दिन निर्वाचन कार्यबिधि निर्माण हुने र शनिवार बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने छ । क्यानमा १७ सदस्सीय कार्यसमितिका लागि निर्वाचन हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?