Logo

क्यानको निलम्बन पुर्ण फुकुवा कहिले ?

ई-खेलकुद २०७७ मंसीर २ , मंगलबार १०:११ मा प्रकाशित

काठमाण्डौ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ क्यानमाथी लगाएको प्रतिबन्ध आंशीक रुपमा फकुवा भएपनि पुर्ण फुकुवाका लागि अझै समय लाग्ने भएको छ । बिभिन्न सर्तसहित झण्डै साढे ३ बर्षपछि आईसीसीले गत अक्टोबरमा क्यानको निलम्बन फुकुवा गरेको थियो । आईसीसीले राखेका सर्त पुरा भएमात्र क्यानको निलम्बन पुरा हुने अवस्थामा नेपाल क्रिकेट संघले राष्ट्रिय प्रतियोगीताबाहेकका सबै प्रक्रिया पुरा गरिसकेको दाबी गरेको छ ।

कोरोना माहामारीका कारण प्रतियोगीताको अन्तिम तयारी भईसकेको अवस्थामा खेलकुद गतिबिधि ठप्प भएपछि क्यान आफै समस्यामा परेको हो । गत जुनमा साउथ अफ्रिकामा बस्ने तय भएको आईसीसीको साधारणसभाले नेपाल क्रिकेट संघको निलम्बन पुर्ण फुकुवा गर्ने तयारी समेत भएको थियो । तर कोरोना माहामारीकै कारण आईसीसीले भर्चुअल माध्यमबाट मात्र बैठक गरिरहेकाले निर्णय लिन अप्ठेरो परेको हो ।

विश्व क्रिकेटको सर्वोच्च निकायले नेपाल क्रिकेट सङ्घमा सरकारी हस्तक्षेप र आर्थिक अनियमितता भएको भन्दै क्यानलाई निलम्बन गरेको थियो । आईसीसीको नयाँ मार्गचित्र अनुसार अनुसार जिल्ला, प्रदेश र केन्द्रीय समितिको नयाँ ढङ्गबाट निर्वाचन भएका थिए ।
क्यान निलम्बनमा परेपछि आईसीसीले दिने आर्थिक सहयोग कटौती भएको थियो । जुन अहिले पनि नियन्त्रीत रुपमा कायम छ । यद्यपी उसले नेपाललाई अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन भने कुनै बन्देज लगाएको थिएन् । आईसीसीले निर्वाचित क्यानको समितिलाई मान्यता दिँदै नेपाली क्रिकेटलाई सङ्क्रमणकालीन योजना लागु गरेको छ ।

नेपाली क्रिकेट

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?