
काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल क्रिकेट संघ क्यानको निर्वाचन रोक्न निर्देशन दिएको छ । आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिले क्यानको निर्वाचन असोज ३ र ४ गते गर्ने तयारी गरेको थियो ।
राखेप सदस्य सचिव रमेश सिलवालले परिषदको स्विकृती बिना निर्वाचनको मिति घोषणा भएकाले रोक्न निर्देशन दिएको बताउनुभयो । परिषदको स्विकृती लिएर मात्र निर्वाचन गर्न सिलवालको निर्देशन थियो ।
सिलवालले भन्नुभयो– राखेपको परामर्श र स्विकृती बिनाको निर्वाचन मान्य हुदैन् । राखेपले बनाएको निर्वाचन कमिटिले मात्र निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने भएपनि कमिटिले आफुखुसी प्रक्रिया अघि बढाएकाले हामीले त्यसलाई रोकेका हौ ।
कानुन मिच्ने अधिकार कसैलाई नभएको भन्दै सिलवालले कानुन बिपरित हुने निर्वाचनले मान्यता समेत नपाउने दाबी गर्नुभयो ।
राखेपको यो निर्देशनले फुकुवाको पथमा अघि बढेको नेपाल क्रिकेट संघको भबिश्य थप अन्यौलमा परेको छ ।
यसैबिच नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले राखेपको कदमबिरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएको छ । समाजले आज एक बिज्ञप्ती जारी गर्दै क्यानको केन्द्रीय कार्यसमितिको निर्वाचन रोक्ने षड्यन्त्र भईरहेको भन्दै राखेपको कदमको शसक्त बिरोध गर्ने जनाएको हो ।
