Logo

क्यानको निर्वाचन मिति एक साता सर्यो, अक्टोबर दोस्रो साता निलम्बन फुकुवाबारे आईसीसीले निर्णय गर्ने

ई-खेलकुद २०७६ भदौ ३० , सोमबार ०२:०९ मा प्रकाशित

काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानको निर्वाचन एक साता पछि सरेको छ । स्वतन्त्र कमिटीले घोषणा गरेको निर्वाचन मितिमा राष्ट्रिय खेलकुद परिषद राखेपले असहमति जनाएपछि आज अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी र राखेपबीचको छलफलले निर्वाचन १ साता पछि सारेको हो ।

सहमति अनुसार अब असोज १० र ११ गते क्यानको निर्वाचन हुनेछ । आईसीसीका प्रतिनिधि ईमरान ख्वाजा र अमर शेखको टोलीले राखेपसँग छलफल गरी निर्वाचनको नयाँ मिति सार्वजनिक गरेको हो । छलफलमा नयाँ मिति निर्धारणसँगै सबै पक्षबिचको सहमतिमै निर्वाचनका प्रक्रिया अघि बढाउने, अक्टोबर १२ र १३ मा बस्ने आईसीसी बोर्ड बैठकमा क्यान निलम्बन फुकुवाको प्रस्ताव लैजाने र नेपालको क्रिकेट विकासमा आईसीसीले विभिन्न सहयोग गर्ने सहमति भएको राखेप सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिनुभयो ।

आईसीसीका प्रतिनिधिले नेपालमा भएको प्रगतिको सरहाना गर्दै नेपालका सम्बन्धमा आईसीसीले निकट भविष्यमै सरकारात्मक निर्णय आउने संकेत गरेको सिलवालले जानकारी दिनुभयो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?