Logo

क्यानको निर्वाचन नरोक्न जिल्ला संघहरुको अपिल, राखेपले राजनिति सुरु गरेको आरोप

ई-खेलकुद २०७६ भदौ २७ , शुक्रबार ०३:०९ मा प्रकाशित

काठमाण्डौ । बिभिन्न जिल्ला क्रिकेट संघले असोज ३ र ४ गतेका लागि तय भएको नेपाल क्रिकेट संघ क्यानको निर्वाचन नरोक्न आग्रह गरेका छन् । जिल्ला संघले आज छुट्टाछुट्टै बिज्ञप्ती जारी गर्दै नेपाली क्रिकेटलाई निकासको बाटोमा लैजान आग्रह गरेका छन् ।
कैलाली, बर्दिया, कञ्चनपुर, सुनसरी लगायतका जिल्ला संघले बिज्ञप्ती जारी गर्दै जुनसुकै हालतमा पनि क्यानको निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । बर्दिया जिल्ला संघले निर्वाचन रोकिए कडा संर्घषमा उत्रने चेतावनी दिएको छ ।
कैलाली क्रिकेट संघले राखेपले विवाद समाधान गर्नुको सट्टा थप अबरोध गरेको भन्दै राखेपको कदमले नेपाली क्रिकेटलाई थप दलदलमा फसाउने उल्लेख गरेको छ ।
कञ्चनपुर जिल्ला संघले पनि सदस्य सचिवको कदम तत्काल सच्याएर अघि बढ्न आग्रह गरेको छ । यहि अवस्था रहे, हालसम्मका सम्पुर्ण उपलब्धि पनि गुम्ने भएकाले नेपाली क्रिकेटको भबिश्यका लागि पनि राखेपले मार्ग प्रशस्त गर्नुपर्ने संघको दाबी छ ।
सुनसरी जिल्ला संघले पनि बिज्ञप्ती जारी गर्दै ठुलो संर्घषको उपजका रुपमा नेपाली क्रिकेटले पाएका उपलब्धीलाई रक्षा गर्नका लागि पनि राखेपले बिशेष जोड दिनुपर्नेमा उल्टै अड्को थापेर समस्या सृजना गरेको आरोप लगाएको छ । उसले जसरी पनि तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने माग समेत गरेको छ ।
राखेप सदस्य सचिवको ईगोका कारण यो समस्या आएको भन्दै सदस्य सचिव सिलवालले यसलाई तत्काल नसच्याए नेपाली क्रिकेटकै अस्तित्व सकिने सरोकारवालको दाबी छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?