
काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुदैछ । हिजोबाट सुरु बिशेष साधारण सभामा आज निर्वाचन प्रक्रिया हुन लागेको हो । राजधानीको एक होटलमा बिहान आठ बजे निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
हिजोको साधारण सभाले निर्वाचन सम्बन्धी कार्यबिधि तय गरेको थियो । सोहि कार्यबिधी अनुसार आज निर्वाचन हुन लागेको हो । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रतिनिधिको उपस्थीतीमा निर्वाचन प्रक्रिया अघि बढ्ने छ । आईसीसीको सल्लाहाकार समितिले तयार पारेको बिधानकै आधारमा क्यानको जिल्ला, प्रदेश र केन्द्रको निर्वाचनको बाटो खुल्ला भएको हो ।
क्यानले नयाँ नेतृत्व चयन भएलगत्तै आईसीसीले नेपालको निलम्बन फुकुबा गर्ने संभावना रहेको छ । आईसीसीले त्यसको संकेत समेत गरिसकेको छ । अर्को साता बस्ने आईसीसी बैठकले नेपालको निलम्बन फुकुवा गर्ने संभावना छ ।
क्यानको नेतृत्वका लागि चतुर बहादुर चन्द र विनयराज पाण्डे प्यानल सहित मैदानमा उत्रीएका छन् ।
