
काठमाण्ठौ । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वको लागि असोज ३ र ४ गते निर्वाचन हुने भएको छ । निर्वाचन गराउने अख्तीयारी पाएको स्वतन्त्र कमिटिले असोज ३ र ४ गते केन्द्रिय निर्वाचन गर्ने मिति तय गरेको हो । स्वतन्त्र कमिटि सदस्य रुईस थापाका अनुसार अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको स्विकृतीमा मिति घोषणा भएको हो ।
कमिटिले आईसीसीलाई २ वटा मिति प्रस्ताव गरेपनि उसले त्यसको सम्पुर्ण अख्तीयारी स्वतन्त्र कमिटिलाई नै प्रदान गरेको थियो । जिल्ला र प्रदेशको निर्वाचन सकिएलगत्तै कमिटिले केन्द्रिय निर्वाचनको मिति घोषणा गरेको हो । ४ बर्षे कार्यकाल रहने क्यानमा १७ सदस्सीय कार्यसमिती रहनेछ । निर्वाचनमा ५९ मतदाता हुनेछन् । ३९ जिल्लाका एक एक र प्रदेशबाट २० मतदाताले केन्द्रको निर्वाचनमा प्रतिनिधित्व गर्नेछन् ।
