Logo

कौटिन्हो प्रशिक्षणमा फर्किए

ई-खेलकुद २०७८ साउन १९ , मंगलबार ०७:०८ मा प्रकाशित

एजेन्सी । घुँडाको चोटका कारण लामो समय मैदान बाहिर रहेका बार्साका मिडफिल्डर फिलिप्पे कौटिन्हो प्रशिक्षणमा फर्किएका छन् । गत जनवरीमा चोट बोकेका कौटिन्हो बार्सिलोनाको प्रशिक्षणमा फर्किएका हुन् । ब्राजिलियन मिडफिल्डर कौटिन्हो सोमबारदेखि जोन ग्याम्पर ट्रफीको फाइनल खेल खेल्ने तयारीमा जुटेका हुन् ।
अगस्ट ८ मा हुने यस समरको ट्रफी जोन ग्याम्परको उपाधि भिडन्तमा बार्सिलोनाले युभेन्टससँग प्रतिस्पर्धा गर्नेछ । साविक विजेतासमेत रहेको बार्सिलोनाले आफ्नै मैदान क्याप नोउमा युभेन्टससँग खेल्ने छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?