Logo

कोर्टुवा २०२६ सम्म रियलमै रहने

ई-खेलकुद २०७८ भदौ १ , मंगलबार ०६:०८ मा प्रकाशित

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवा सन् २०२६ सम्म स्पेनिस क्लबमै रहने भएका छन् । बेल्जियनका २९ बर्षिय गोलरक्षक कोर्टुवाले स्पेनिस क्लबसंगको सम्झौता नविकरण गरेका हुन् ।
सम्झौता अबधी बाँकि नै नरहेका बेला उनले सन् २०२६ सम्मको लागि सम्झौता नविकरण गरेका हुन् । क्लबका अध्यक्ष फियोरेन्टिना पेरेजले कोर्टुवालाई उनको नामको मुनि सन् २०२६ लेखेको जर्सी हस्तान्तरण गरेका छन् । कोर्टुवा सन् २०१८ मा इंग्लिस क्लब चेल्सीबाट ६ वर्षको सम्झौता गर्दै रियल पुगेका थिए । उनको सम्झौता २०२३ सम्म रहेको थियो । रियलमा चौथो सिजन खेलिरहेका कोर्टुवाले अघिल्लो तीन सिजनमा १२९ खेलेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?