Logo

कोरोना माहामारीका कारण आईपीएल स्थगीत

ई-खेलकुद २०७८ वैशाख २१ , मंगलबार ०१:०५ मा प्रकाशित

एजेन्सी । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको जारी संस्करण स्थगीत भएको छ । ब्यापक मात्रामा आईपीएलका खेलाडी तथा अफिसियलहरुमा सक्रमण पुष्टि भएसंगै प्रतियोगीता अनिश्चितकालसम्मका लागि स्थगीत भएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रतियोगीतालाई निलम्बन गरेको जनाएको छ । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लले यो सिजनका लागि आईपीएल निलम्बन गरेको बताए ।
पछिल्लो पटक कोलकत्ता नाइट राईडर्सका दुई खेलाडी, चेन्नई सुपर किङ्सका तीन अफिसियल र सनराइजर्स हैदरावादका एक खेलाडीमा कोरोना देखिएको छ । कोलकत्ताका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना देखिएको थियो ।
चेन्नईका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायकलाई कोरोना देखिएको थियो । त्यस्तै सनराइजर्स हैदरावादका विकेटकिपर ब्याट्सम्यान रिद्धिमान साहालाई कोरोना भाईरसको संक्रमण देखिएको छ । भारतमा कोरोना माहामारीको अवस्था तिब्र गतिमा बढ्दै जाँदा बिसीसीआईले बन्द रंगशालामा प्रतियोगीता सञ्चालन गर्दै आएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?