Logo

कोपा अमेरिका कप : ब्राजिलको लगातार तेस्रो जित

ई-खेलकुद २०७८ असार १० , बिहीबार ०७:०६ मा प्रकाशित

एजेन्सी । आयोजक ब्राजिलले कोपा अमेरिका कप फुटबलमा लगातार तेस्रो जित निकालेको छ । आज बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ गोल अन्तरले हराएको हो ।
रियो दि जेनेरियोमा पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्टाउदै ब्राजिलले पुनरागमन जित निकालेको हो ।
१० औ मिनेटमा लुईस डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको कोलम्बियाले दोस्रो हाफमा लय गुमाएको थियो । बल पोजिशनमा पकड बनाएपनि ब्राजिलले बराबरी गोलका लागि ७८ औ मिनेटसम्म कुर्न परेको थियो । रोबर्टो फिर्मिनोले ब्राजिललाई बराबरीमा पुर्याएका थिए ।
ईन्जयुरी समयमा कासिमिरोले गोल गर्दै टोलीलाई अंक दिलाए । ६९ प्रतिशत बल पोजिशनको खेलमा ब्राजिलका दर्जन बढि अवसर खेर गएका थिए ।
जितसंगै ३ खेलबाट ९ अंक जोडेको ब्राजिल शीर्ष स्थानमा रहने निश्चित भएको छ । ब्राजिल यसअघि नै प्रतियोगीताको क्वार्टरफाईनलमा प्रबेश गरिसकेको छ । हारका बाबजुत कोलम्बिया ४ अंकमा दोस्रो स्थानमा रहदै अन्तिम आठमा छनोट भएको छ । समुह चरणको अन्तिम खेलमा ब्राजिलले ईक्वेडरसंग खेल्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?