Logo

केनको गोलमा टटनह्याम विजयी

ई-खेलकुद २०७७ कात्तिक २३ , आईतबार ०७:११ मा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टटनह्यामले संर्घषपुर्ण जित निकालेको छ । वेष्टब्रोमलाई उसैको मैदानमा १–० ले हराउदै टटनह्याम तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
उसको जितमा खेलको ८८ औ मिनेटमा ह्यारी केनले गरेको गोल निर्णायक बन्यो । निक्कै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीले अन्तिम केहि समय लय गुमाएको थियो । म्याट डोहेर्टीको पासमा केनले बललाई जाली चुमाउदै टोलीलाई ३ अंक दिलाएका थिए ।
८ खेलबाट १७ अंक जोडेको टटनह्यामले चेल्सी,लिभरपुल र साउथहेम्प्टनलाई पछि पारेको हो । समान खेलबाट ३ अंक जोडेको वेष्टब्रोम तालिकाको १८ औ स्थानमा छ ।

टटनह्याम प्रिमियर लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?