Logo

कुशल भुर्तेलसहित ५ क्रिकेटरलाई नगद पुरस्कार प्रदान

ई-खेलकुद २०७८ वैशाख १३ , सोमबार ०३:०४ मा प्रकाशित

काठमाण्डौ । घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा उत्कृष्ट प्रर्दशन गरेका ५ नेपाली क्रिकेटरलाई नगदसहित सम्मान गरिएको छ । अमेरिका र बेलायतमा रहेका क्रिकेट समर्थकले संकलन गरी पठाएको रकम आज एक कार्यक्रमकाबिच खेलाडीलाई हस्तान्तरण गरिएको हो ।
सिरिजमा उत्कृष्ट प्रर्दशन गरेका ओपनर कुशल भुर्तेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र आसिफ शेखलाई ९० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । जसमध्ये नेपालले जितेको खेलमा म्यान अफ दी म्याच भएका खेलाडीलाई प्रतिखेलाडी एक सय डलर प्रदान गरिएको छ । यस्तै लगातार तीन अर्धशतक प्रहार गरेका कुशल भुर्तेललाई थप १ सय २५ डलर र डेब्यूमै उत्कृष्ट प्रदर्शन गर्ने कुशलका ओपनिङ जोडी आसिफ शेखलाई १ सय २५ डलर पुरस्कार दिइएको छ । कुशल भुर्तेल र आसिफले उत्कृष्ट ओपनिङ गरेवापत समान १ सय २५ डलर अर्थात १५ हजार पाए । यस्तै पहिलो खेलमा म्यान अफ दी म्याच बनेका भुर्तेलले थप १ सय डलर अर्थात १२ हजार रुपैयाँ प्राप्त गरे । दुई खेलमा म्यान अफ दी म्याच बनेका करण केसीले २ सय डलर अर्थात् २४ हजार प्राप्त गरे । एक खेलमा म्यान अफ दी म्याच बनेका सोमपाल कामीले १ सय डलर अर्थात् १२ हजार प्राप्त गरे । यस्तै नेदरल्याण्ड्ससँग पराजित खेलमा ३० बलमै ६० रन बनाउँदै उत्कृष्ट ब्याटिङ गरेका दीपेन्द्रले १२ हजार प्राप्त गरे । नेपाली क्रिकेट फ्यान क्लबका सदस्यहरु अमेरिकामा बस्ने सौगात घिमिरे र बेलायतमा बस्ने विश्वास हमालको अगुवाइमा रकम संकलन गरिएको थियो ।

नेपाली क्रिकेटर सम्मान

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?