Logo

कुशल,रोहित र बिनोद चम्कदा नेपाल विजयी

ई-खेलकुद २०७८ भदौ २८ , सोमबार ११:०९ मा प्रकाशित

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आफ्नो दोस्रो सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । योसंगै नेपालले लिग टुमा भएका तीन भेटमा अमेरिकालाई हराएको छ । अमेरिकाले दिएको २ सय ३१ रनको चुनौती नेपालले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कुशल भुर्तेल र रोहितकुमार पौडेलले अर्धशतक बनाए । कुशलले ८४ रन बनाएको ईनिङसमा रोहितले अबिजित ६२ रनको योगदान गरे । एक दिवसीय क्रिकेटमा कुशलको यो पहिलो अर्धशतक हो । बिनोद भण्डारीले ३८ रन जोडे । आसिफ शेखले २३ र कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाए ।
अमेरिकाका निसर्ग पटेल र नोस्थुस केन्जीगेले समान २ तथा सौरभ नेत्रभाल्करले एक विकेट लिए ।
यसअघि ओमानको अमिरात क्रिकेट मैदानमा टस जितेर व्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ३० रनको योगफल तयार पारेको थियो । मोनांक पटेलको शतकिय ईनिङसमा अमेरिकाले सम्मानजनक योगफल तयार पारेको हो । १ सय १४ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गर्दै एक साय रन बनाए । निसर्ग पटेलले २१, करिम गोरे र सुसान्त मोदानीले समान १६ र स्टेभन टेलरले १४ रन बनाए । अमेरिकाका २ ब्याट्सम्यान रनआउट भएका थिए ।
नेपालका बिक्रम शोब, सन्दिप लामिछाने र सुसन भारीले समान २ तथा कुशल मल्लले एक विकेट लिए । कसिलो बलिङ गरेका सन्दिपले आफ्नो स्पेलमा २ मेडन राख्दै मात्र ३५ रन खर्चिए । भारीले ३१ रन खर्चिदै २ विकेट लिए । अमेरिकाविरुद्ध करण केसी भने केहि महङगो सावित भए । मात्र ५ ओभर बलिङ गरेका करणले ४१ रन खर्चदा कुनै विकेट हात पार्न सकेनन् । सिरिजको दोस्रो खेलमा नेपालले भोली घरेलु टोली ओमानको सामना गर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?