Logo

विश्वकप छनोटको पहिलो खेलमा नेपालले भोली कुवेतसंग प्रतिस्पर्धा गर्दै

ई-खेलकुद २०७६ भदौ १८ , बुधबार ०४:०९ मा प्रकाशित

काठमाण्डौ । विश्वकप फुटबलको दोस्रो चरण छनोटको पहिलो खेलमा नेपालले भोली कुवेतसंग प्रतिस्पर्धा गर्दैछ । कुवेत स्पोर्टस क्लवको मैदानमा नेपाली समयानुसार भोली राती ११ बजे हुने खेलमा दुबै टोली सुखद सुरुवातको योजनामा रहेका छन् । कुबेतलाई हराउदै विश्वकप छनोटमा सुखद सुरुवात गर्न सके, नेपालका लागि त्यो ऐतिहासिक किर्तिमान हुनेछ ।

फिफा बरियतामा नेपालभन्दा १० स्थान माथी रहेको कुवेतसंग उसैको मैदानमा नेपालले केहि महिना अघि २ वटा मैत्रीपुर्ण खेल खेलेको थियो । पहिलो खेलमा गोलरहित बराबरीको नतिजा निकालेको नेपाल दोस्रो खेलमा भने १–० ले पराजित भएको थियो ।
सन् १९८२ मा पहिलो पटक प्रतिस्पर्धा गरेको नेपालले हालसम्म कुवेतसंग ६ वटा खेल खेलिसकेको छ । तर कुनैपनि जित हात पार्न सकेको छैन् ।

पछिल्लो मैत्रीपुर्ण खेलमा गोलरहित बराबरीमा रोक्नु बाहेक अन्य नतिजा कुवेतकै पक्षमा गएको छ । प्रशिक्षक योहान कालिन पहिलो खेलबाटै टोलीले सुखद नतिजा निकाल्नेमा आशाबादी देखिएका छन् । युवा खेलाडीको जमघटले टोलीलाई केहि उत्साहि बनाएपनि त्यो उत्साह कत्तिको सफल बन्छ, त्यो भने हेर्न बाँकि नै छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?