Logo

कुवेतसंगको खेलका लागि नेपाली टोली आज त्यसतर्फ जाँदै

ई-खेलकुद २०७६ भदौ १५ , आईतबार ०७:०९ मा प्रकाशित

काठमाण्डौ । विश्वकप फुटबलको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतबिरुद्धको खेलका लागि नेपाली टोली आज त्यसतर्फ जादैछ । प्रतियोगिता खेल्ने नेपाली टोली बिहान साडे नौ बजे त्यसतर्फ जाने अखिल नेपाल फुटबल संघ एन्फाका प्रबक्ता किरण राईले जानकारी दिनुभयो । टोली युएई हुदै कुवेत पुग्ने उहाले बताउनुभयो । २३ सदस्सीय टोली र पदाधिकारीको टोली विश्वकप छनोटको पहिलो खेल खेल्न कुवेत जान लागेको हो ।
दोस्रो चरणको छनोट अन्तरर्गत पहिलो खेलमा बिहिबार नेपालले कुवेतसंग प्रतिस्पर्धा गर्नेछ । समुह बीमा रहेको नेपालले कुवेतसंग अवे खेल खेल्दै विश्वकप छनोटको सुरुवात गर्न लागेको हो । समुह बीमा रहेको नेपालले छनोटमा कुवेतसंगै चाईनिज ताईपेई, जोर्डन र अष्ट्रेलियासंग होम एण्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?